Mountain Sports Games in Nepal

The Mountain Sports Conclave has been completed with the commitment to organize the Mountain Sports Games in Nepal in 2024. At the closing ceremony of the two-day mountain sports conclave held in Nagarkot, all the participants made a commitment to organize mountain sports games in Nepal next year.

In the conclave organized by the National Sports Council and in collaboration with the Mountain Sports Federation, Member Secretary Tankalal Ghising presented the concept of Nepal in the Mountain Sports Games project. In the conclave, discussions were held between foreign delegations and embassies on sports promotion, inter-governmental coordination on mountain sports games, branding of the country through sports events, and adventure and tourist sports in the province. Representatives of foreign missions and embassies, member of the National Planning Commission Ramesh Paudel, member secretaries of the Provincial Sports Development Council, officials of the Nepal Olympic Committee, officials of sports associations, representatives of UNESCO, media, tourism, and entrepreneurs’ associations participated in the program.

The conclave ended with various announcements.

Representatives of foreign missions and embassies, member of the National Planning Commission Ramesh Paudel, member secretaries of the Provincial Sports Development Council, officials of the Nepal Olympic Committee, officials of sports associations, representatives of UNESCO, media, tourism, and entrepreneurs’ associations participated in the program.

At that time, it was agreed to give priority to adventure games, to organize games related to nature, adventure, and culture, and to hold a competition at a venue around 3,000 meters.

The participation of international federations should be made mandatory, the private sector should be allowed to enter, the province and municipality can also be given the responsibility of the project and currently, 4 to 6 sports should be included.

The president of the federation, Gobinda Bhattarai, suggested that the concerned national associations should proceed with the preparation of the competition in an organized manner. https://english.nepalnews.com/s/sports/mountain-sports-games-in-nepal-next-year/

साहसिक खेलमा माया

१७ घण्टामा पूरा गर्नुपर्ने साहसिक खेल ‘आइरनम्यान ट्रायथ्लोन’ मा ३.८६ किमी पौडी, १८०.२५ किमी साइक्लिङ र ४२.२ किमी दौड्नुपर्छ। मायाले बिहान ७ बजेबाट शुरू हुने पौडी दुई घण्टा २० मिनेटमा पूरा गर्नुपर्नेछ। अपरान्ह ५.३० भित्र साइक्लिङ पूरा गरेर मध्यरातमा दौड पूरा गर्नुपर्नेछ।

नेपालका सडक बालबालिकालाई सहयोगका लागि आयोजना गर्न लागिएको यो खेलमा मायाले ५००० डलर उठाउने लक्ष्य राखेकी छन्। संकलित रकम न्यूयोर्कस्थित सामाजिक संस्था इम्पावर वानमार्फत नेपाल पठाइनेछ। पढाइको लागि सोलुखुम्बुबाट न्यूयोर्क पुगेकी माया स्नातक गरेर विज्ञापन सम्बन्धी कम्पनीमा कार्यरत छिन्। यसअघि उनी राडो आइल्याण्डमा भएको हाल्फ आइरनम्यान ट्रायथ्लोनमा दुई पटक सहभागी भएकी थिइन्।

सन् ७० को दशकमा अमेरिकाको हवाई राज्यबाट शुरू भएको आइरनम्यान ट्रायथ्लोन ८० को दशकमा संसारभर फैलिएको थियो। यसको वेबसाइट अनुसार, यो वर्ष एशिया–प्यासिफिक क्षेत्रमा ६ वटा, युरोपमा आठ, उत्तर अमेरिकामा १३, दक्षिण अमेरिकामा एक र अमेरिकामा एक गरी विश्वभर २९ प्रतियोगिता आयोजना हुँदैछन्।

ङिमा पाखि्रन, न्यूयोर्क

आठौ पर्वतीय खेलकुद महोत्सव स्थगित

८औं पर्वतीय खेलकुद महोत्सव आगामी फागुन तेस्रो साता हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा माउन्टेन स्पोर्ट्स फेडेरेसनले महोत्सव फागुन २० गतेबाट सुरु हुने जानकारी गराएको हो।

गण्डकी प्रदेशमा हुने यस महोत्सवमा १५ विधाका खेलकुद प्रतियोगिता सञ्चालन हुनेछन्। प्रतियोगितामा परम्परागत धनुषबाण (आर्चरी), ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस–कन्ट्री दौड, मोटर स्पोर्ट्स, टग अफ वार, रिङ रेस्लिङ, घोडादौड, ट्राइएथलन, गल्फ र स्केटबोर्डिङ लगायतका खेल समावेश हुने फेडेरेसनले जनाएको छ।

महोत्सवको व्यवस्थापनका लागि सम्बन्धित खेल संघका प्रतिनिधिहरु सहित १७ सदस्यीय आयोजन समिति गठन गरिएको छ। साथै, गण्डकी प्रदेशका सांसद तथा फेडेरेसनका प्रदेश संयोजक इन्द्रधारा बिष्टको संयोजकत्वमा ६ सदस्यीय सचिवालय कार्यदल गठन गरिएको छ। सो कार्यदलमा लक्की क्षेत्री, बसन्त दवाडी, केशव पाठक, दिपक बहादुर गोदार र प्रतिमा गैरे रहेका छन्।

आयोजकका अनुसार, महोत्सवले कोभिड–१९ ले असर पारेको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न तथा नेपालमा पर्वतीय खेलकुदको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। सन् २०१३ मा स्थापना भएको माउन्टेन स्पोर्ट्स फेडेरेसनले नेपाललाई माउन्टेन स्पोर्ट्सको हबको रूपमा स्थापित गर्ने लक्ष्यसहित परम्परागत, साहसिक र पर्यटकीय खेलकुदमार्फत दिगो पर्यटन प्रवर्द्धन गर्दै आएको छ।

महोत्सवको आयोजनाका लागि अनुमानित १ करोड ८८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसका लागि राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न प्रायोजक संस्थाबाट सहयोग प्राप्त हुने फेडेरेसनले जनाएको छ।

हवाइ खेलको विकास र प्रवद्र्धनमा योगदान पुयाउनेलाई प्रशंसा पत्र

नेपालमा हवाइ खेलको विकास र प्रवद्र्धन गर्न योगदान पुयाउने १५ विदेशी र ३ स्वदेशीसहित १८ जनालाई एभिएसन स्पोर्टस् संघ नेपालले कदर स्वरुप आइतबार प्रशंसापत्र प्रदान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले विदेशीहरु विन्डी स्मिथ, थोमस नुनान, रायन ज्याक्सन र इयान एडवार्ड एट्किन्स तथा स्वदेशीहरु डिकबहादुर खिर्सिना, विवेक पाण्डे र फुलबहादुर तामाङलाई राखेपको दशरथ समिक्षालयमा आयोजित कार्यक्रममा प्रशंसा पत्र हस्तान्तरण गर्नुभयो । अन्य विदेशीको प्रशंसा पत्र विन्डी मार्फत सम्बन्धितलाई प्रदान गर्ने गरी एक मुष्ट हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै सदस्य–सचिव लामाले पर्यटन खेलकुदलाई बढावा दिन परिषद्ले विभिन्न सम्बन्धित निकार्यसंग सहकार्य अगाडि बढाइरहेको बताउनुभयो ।

कार्यक्रममा एभिएसन स्पोर्टस्का अध्यक्ष कृष्णकुमार अर्यालले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तीन नेपालीलाई स्काइ ड्राइभरको तालिम दिइरहेको अवगत गराउनुभयो ।

नासाद्वारा डब्लुटीसीसी ड्राईभरलाई स्वागत

नेपाल भ्रमणमा रहेका स्पेनी नागरिक डब्लुटीसीसी ड्राईभर पेप ओरियला भिला र उनका पिता पेप ओरियला सान निकोलसको सम्मानमा नेपाल एटोमोवाईल स्पोर्टस् संघ (नासा)ले आईतबार अवेर स्वागत कार्याक्रमको आयोजना ग¥यो ।

सो स्वागत कार्यक्रममा नासाले नेपालमा अटोमोवाईल्सको विकास र विस्तारको विभिन्न कार्यक्रम गर्ने र त्यसको लागि स्पेन र ओरियलाको टिम टुएण्टी रेसिङ टिमको तर्फबाट सहकार्यलाई अगाडी बढाउने सहमती भएको थियो ।

सो अवसरमा नासाले ओरियला द्वयलाई मायाको चिनो प्रदान गरेको थियो ।

पिता ओरियला पूर्व फुटबल पदाधीकारी समेत रहिसकेका छन् ।

सडक दौडको उपाधी कान्छीमायालाई

महानगरीय प्रहरी आयुक्तको कार्यालयद्वारा “सातौं महानगरीय प्रहरी दिवस – २०६९”को उपलक्षमा बुधबार आयोजित सडक खुला दौड प्रतियोगिताको ५ कि.मी. दौडको उपाधी सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले हात पारेकी छिन् । उनले उक्त दूरी १८ मिनट ३२.५९ सेकेन्डका साथ पुरा गरेकी थिईन् । सो दूरीको स्पर्धामा सशस्त्रकै कृष्णेश्वरी सिन्तकला र गिता खत्री क्रमशः दोश्रो र तेश्रो भए । उक्त दूरी पार गर्न सिन्तकलाले १९ मिनट ५०.६४ सेकेन्ड र खत्रीले २० मिनट २४.८० सेकेन्डको समय लगाए ।

रत्नपार्क स्थित महानगरीय प्रहरी आयुक्त कार्यालयबाट सुरु भएको प्रतियोगिताको पुरुष १० कि.मी. सडक दौडमा नेपाली सेनाले आफ्नो वर्चस्व राख्यो । सेनाका कल्याण वानियाले १० कि.मी.को दूरी ३० मिनट १९.३२ सेकेन्डको समयका साथ पुरा गर्दै प्रथम भए । सेनाकै लेटर सिंह खत्रीले ३० मिनट २१.९६ सेकेन्डको समय निकाल्दै दोश्रो भए भने कृष्ण बस्नेत ३० मिनट २९.६० सेकेन्डका साथ तेश्रो भए ।

प्रतियोगिता अन्तरगत भेट्रान्सको ५ कि.मी. सडक दौडको उपाधी भने काठमाण्डौका खेलाडीहरुको हकमा गयो । उक्त स्पर्धामा काठमाण्डौका रामकृष्ण् महर्जन १८ मिनट ३०.६४ सेकेन्डका साथ प्रथम, काठमाण्डौकै महेन्द्रमान महर्जन १८ मिनट ४९.२२ सेकेन्डका साथ दोश्रो र काठमाण्डौकै बुद्धविर लामा २० मिनट ४६.५० सेकेन्डका साथ तेश्रो भए ।

प्रतियोगिताको प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले एक समारोहा विच उद्घाटन गर्नु भएको थियो ।

प्रतियोगितामा महिला तर्फ ३३ खेलाडीहरुको सहभागीता रहेको थियो । यसैगरि पुरुष तर्फ १४८ र भेट्रान्स तर्फ २० खेलाडीहरुको सहभागीता रहेको थियो ।

गोरु सम्मेलन हुने

नेपाल ओलम्पिक संग्राहलयको आयोजना तथा माघे संक्रान्ति मेला व्यवस्थापन समितिको व्यवस्थापनमा प्रथम गोरु सम्मेलन नुवाकोटको तारुकामा प्रथम गोरु सम्मेलन पुस १ गते हुने भएको छ ।
गोरु जुधाइ खेलको तयारीका लागि सम्मलेन गर्न लागिएको संग्राहलयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जानकारी गराए । सम्मेलनमा ३० गोरु र गोरु मालिकको सहभागिता रहने बताइएको छ ।
प्रतियोगिता नुवाकोट र काठमाडौंमा हुनेछ । नुवाकोटमा माघ १ गते तथा काठमाडौंमा माघ १९ र २० मा हुनेछ । प्रतियोगितालाई नियमबद्ध र व्यवस्थित गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।

रेसमाण्डु प्रेस बक्तब्य

नेपाल अटोमाबाइल स्पोटर््स एसोसियसन(नासा)को आयोजनामा आगामी १९ फागुनमा मोटरसाइकल  रेसिङ्ग कम्पिटिसन  ँरेसमाण्डु”‘ हुने भएको छ ।
फेडेरेसन इन्टरनेशनल डेल मोटरसाइक्लिज्म (FIM) मा आबद्ध भए पछि नासाले यस प्रकारको प्रतियोगिता नेपालमै पहिलो पटक गर्न लागेको हो ।
स्याकार टेडिङ्ग कम्पनि प्रा.लि. (हेण्डा सिबीआर २५० सीसी मोटरसाइकल) प्रोमोटर रहेको प्रतियोगितामा बढीमा १०० जना राइर्डसले बिभिन्न बिधामा सहभागिता जनाउने छन् । यस रेस मार्फत सम्पूर्ण राइडर्सले आफूमा निहित साहस, क्षमता र कौशलताको प्रर्दर्शन गने अबसर पाउने छन्  । प्रतियोगितामा १००–१९७ सीसी क्याटेगोरी र १९८–२५० सीसी क्याटेगोरी गरी दुइ बटा क्याटेगोरी मार्फत चालकहरु ट्रयाकमा उत्रनेछन्।
सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा सञ्चालन हुने प्रतियोगिताका दुवै बिधाका पहिलो, दोस्रा र  तृतीय हुनेले क्रमश: २० हजार, १५ हजार र १० हजार रुपिया पुरस्कार पाउने छन् ।  शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
रेसमाण्डुमा सहभागीताको लागि हेण्डा बिङ्ग बल्र्ड बुधबारी, टेकु र हेण्डा बिङ्ग बल्र्ड, टुसाल बौद्ध लाई रेजिस्ट्रेसन सेन्टर कायम गरिएको छ। रेसमाण्डुलाई थप रोमान्चकारी र आकर्षित गर्न B-Boyig / Safety Skill पनि प्रर्दशन गरिनेछ रेसका संयोजक सम्पन्न याक्थुम्बाले बताएका छन् । रेसमा सहभागि हुन २५ माघ देखि ११ फागुनसम्म समय सिमा राखिएको आयोजक कमिटीले जनाएको छ ।

‘टुरिजम स्पोर्टस् इन नेपाल’ अन्तरक्रिया

माउन्टेन गेम्स् नेपाल, प्राकृतिक दृष्टिकोणले नै पर्वतीय तथा पर्यटकीय खेल विकासका लागि महत्वपूर्ण स्थान भएको भन्दै पर्यटन ब्यवसायी तथा खेलविज्ञहरुले नेपाललाई पर्यटकीय खेलको केन्द्र विन्दुका रुपमा अगाडी बढाउन सबैको समन्यवकारी भूमिका आबश्यक रहेको औंल्याएका छन् ।
नेपाल पर्वतीय तथा रक क्लाईम्बिङ स्पोर्टस् एसोसिएसनले आज काठमाडौंमा आयोजना गरेको ‘टुरिजम स्पोर्टस् इन नेपाल’ अन्तरक्रियामा विज्ञहरुले खेल सङ्घ संस्था तथा पर्यटन सङ्घ संस्थाहरुबिच आपसी समन्वय आबश्यक रहेको बताएका हुन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव युवराज लामाले छोटो समयमै नेपाल पर्यटकीय खेलका लागि चर्चित भइसकेको र आगामी दिनमा नेपाललाई पर्यटकीय खेलको विकास लागि राष्ट्रिय खेलकुद परिषद, नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, खेलकुद मन्त्रालय तथा खेल सङ्घ र पर्यटन ब्यवसायीहरुबीच आपसी सम्बन्ध राम्रो हुन आबश्यक रहेको बताउनुभयो ।
सदस्य–सचिव लामाले आफुहरुले पहिलो पटक पर्वतीय खेलकुद महोत्सव समेत गरीसकेको स्मरण गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिनुका साथै पर्यटन क्षेत्रको सहयोग पाउनेमा विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा  (नेकपा) एमालेका खेलकुद विभाग प्रमुख कर्ण बहादुर थापा, एकीकृत माओवादीको खेलकुद विभाग प्रमुख एवम् पूर्व मन्त्री कमला रोक्का, पर्यटन ब्यवसायी कृष्ण अर्याल लगायतले आपसी समन्वयको अभावका कारण पर्यटकीय खेलको विकासमा असर परिरहेको बताउनुभयो ।
उक्त अवसरमा विश्व साईकल यात्री पुरस्कार शाह, समाबेशी महिला आरोही टिम लगायतलाई सम्मान समेत गरिएको थियो ।

शिवराम, राजीव र टीकाराम सम्मानित

नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) ले गोल्फका शिवराम श्रेष्ठ तथा ट्रायथलनका राजीव गुरुङ र टीकाराम थापालाई आइतबार सम्मान गरेको छ । उनीहरुत्रयलाई विभिन्न प्रतियोगितामा हासिल गरेको सफलताको कदर गर्दै नगद ७–७ हजार सहित सम्मान गरियो । सोही अवसरमा ट्रायथलनका सहर्ष शाक्य, सगरमाथा आरोही कलाकार अर्जुन कार्की र अल्ट्रा धावक सञ्जय पण्डितलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई युवा तथा खेलकुद पूर्व मन्त्री कमला रोका, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्य–सचिव युवराज लामा, नेपाल कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी तथा नेकपा (एमाले) का खेलकुद विभाग प्रमुख कर्ण थापाले सम्मान गर्नुभयो