Category: Uncategorized
अलि र मुस्तफा वने -याली विजेता, १३ सय सीसी समूहमा नेपालका राजेन्द्र र विमलको जोडी विजयी
दार्जिलिङ, भारत – हिमालयन ड्राइभ सिक्स त्रिदेशीय कार -यालीको उपाधि भारतका एसके अजगर अलि र मोहमद् मुस्तफाको जोडीले हात पारेका छन् ।
निर्धारित साढे १६ सय किलोमिटर दुरी समय, गति र दुरी (टीएसडी) को आधारमा सबैभन्दा सुरक्षित यात्रा गर्दै भारतको पश्चिम बंगालको तर्फबाट सहभागी अलि र मुस्तफाले सो उपाधि हात पारेका हुन् ।
उपाधि विजेतलाई दार्जिलिङको भानु पार्कमा एक समारोहका बीच दार्जिलिङ स्टेट प्रहरी प्रमुख अखिलेस चर्तुवेदीले भारु नगद १ लाख रुपैयासहित शिल्ड र ट्रफि प्रदान गरेका थिए ।
अलि र मुस्तफाले यसअघिका २ वटा -यालीमा लगातार रुपमा पहिलो भएका थिए । उनीहरु तेश्रो पटक पनि पहिलो भई ह्याट्रिक गर्न सफल भएका हुन् ।
यस्तै भारतकै सुविर रोय र निरभ मेहेताको जोडीले दोश्रो हुदै ७५ हजार भारतीय रुपैयासहित शिल्ड र ट्रफि तथा तेश्रो हुने विजयकुमार सेन र चन्दन सेनको जोडीले ५० हजार भारतीय नगद रुपैयासहित शिल्ड र ट्रफि पाउन सफल भएका थिए ।
यस्तै -यालीकै खुल्ला प्रतिस्पर्धामा भारतका गगन सेती र धिरज आरोराका जोडी पहिलो हुदै भारु नगद २५ हजमर रुपैयासहित शिल्ड र ट्रफि, गोविन्द धिमाल र आन्नद अग्रवालको जोडीले दोश्रो हुदै भारु नगद २० हजार रुपैयासहित शिल्ड र ट्रफि तथा प्रान्जल मोर र मिलिन्डो पलको जोडी तेश्रो हुदै भारु नगद १० हजार रुपैयासहित शिल्ड र ट्रफि हात पारेको थिए ।
यस्तै -यालीमा पहिलो पटक सहभागी चितवनको टाटा कारको लागि आधिकारिक विक्रेता रहेको आरवी मोटर्सका सञ्चालकद्वय विमल पौडेल र राजेन्द्र गैरले -यालीमा १३ सय सीसी कम समूहमा उत्कृष्ट भई शिल्ड र ट्रफि हात पारेका थिए । टोलीले टाटा टियागोबाट यात्रा गरेको थियो ।
नेपालको तर्फबाट चितवनको लागि स्कोडा कारको आधिकारिक विक्रेता युरो अटोका प्रबन्ध निर्देशक रविनकुमार श्रेष्ठ र अमित सिलवालको जोडी, टीभीएस बाइकको चितवनको आधिकारिक विक्रेता मालाश्री मोटर्सका सञ्चालक भिमसेनकुमार श्रेष्ठ र अमित श्रेष्ठको जोडी प्रतिस्पर्धामा सहभागी थिए ।
-यालीमा नेपाल अटोमोबाइल्स एसोसियसन (नासा) प्रदेश नम्बर १ का संयोजक कविन श्रेष्ठ, उद्योग बाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, पूर्वी चितवन पत्रकार संघका उपाध्यक्ष राजेन्द्र आचार्य, कार्यसमिति सदस्यद्वय राजेन्द्र ओली र सिदार्थलाल चुके, प्रशान्त कुमार पिया, धिरज कार्की, सरोज अर्यालसहितको टोली सहभागी थिए ।
भारतकै सिलिगुडीबाट ६ दिन अगाडि सुरु भएको -याली सिलिगुडीबाट नेपालको विर्तामोड, दमक, इटहरी, लाहान, बर्दिवास हुदै पहिलो पटक नेपालको तेश्रो पर्यटकीय नगरी सौराहा हुदैँ भारतको मूर्ती हुदै भुटानको फुन्सोलिङ अनि फेरि भारतको दार्जिलिङमा पुगेर समापन गरिएको थियो ।
-यालीको दोश्रो दिन पहिलो पटक चितवन सौराहा पुगेको टोलीले जिल्लाको विभिन्न पर्यटकीय स्थलहरु अवलोकनसगैँ धार्मिक पर्यटकीय क्षेत्र देवघाटको समेत अवलोकन गरेको नेपाल कार्यक्रम संयोजक प्रकाश कपुरीले जानकारी दिए ।
भारतको जस्ट स्पोर्ट्ज क्लबको आयोजनामा हरेक बर्ष जस्तै छैठौँ संस्करणको रुपमा आयोजना गरिएको -यालीले नेपाल, भारत र भुटान विच पर्यटन प्रर्वद्धन हुनुका साथै व्यवसायी सम्बन्ध विस्तारमा थप मद्दत पुगेको बताइएको छ ।
पोखरा रथ यात्रा
माउन्टेन स्पोर्ट्स र एकेडेमी बीच सम्झौता
शाहसिक तथा पर्यटकीय खेलकुद महासंघ, माउण्टेन स्पोर्ट्स फेडेरेसन—नेपाल र नेपाल माउण्टेन एकेडेमी बिचमा रणनीतिक साझेदारी सम्बन्धि सम्झौतामा आज हस्ताक्षर गरिएको छ ।
आज आयोजित एक समारोहका बीच महासंघका अध्यक्ष गोविन्द भट्टराई तथा एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली द्वारा सम्झौता पत्र हस्ताक्षर गरि आदान प्रदान गरियो ।
सो सम्झौता अनुसार नेपालको शाहसिक तथा पर्वतीय खेल पर्यटनको क्षेत्रमा तालिम, संयुक्त कार्यक्रम, अध्ययन अनुसन्धान तथा राष्ट्रिय अन्तर्रा्ष्ट्रिय मुद्दाहरुमा सहकार्य गरिने छ ।
यस सम्झौताले नेपालको शाहसिक पर्यटन, पर्वतीय खेलकुद र सस्टेनेबल टुरिजमको लागि सकारात्मक परिणाम दिने विश्वास दुवै पक्षले गरेको एकेडेमीका निर्देशक ज्ञवालीले जानकारी गराए ।
हार्दिक श्रद्धान्जली
आगामी कार्यक्रम उपलब्ध गराइदिनुहुन सूचना
काठमाण्डौँमा बिशाल हेरिटेज साईकल र्याली सम्पन्न !
२ मंसिर २०७६ काठमाडौँ नेपाल सरकारले आगामी सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा राष्ट्रिय—अन्तराष्ट्रिय रुपमा त्यसको प्रचार प्रसार तथा प्रवर्धनका लागि विभिन्न कार्यक्रमहरु आयोजना भईरहेका सन्दर्भमा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ को आयोजना तथा पर्वतीय खेलकुद महासंघ—नेपालको संयोजनमा कार्तिक ३० गते काठमाण्डौँमा Ultimate Heritage Cycle Rally 2019 समपन्न भएको छ ।
र्यालीको शुभारम्भ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि माननीय अरुण नेपालले साईकल चढी गर्नु भएको थियो ।बसन्तपुर दरबार क्षेत्रबाट शुरु सो ¥याली ठमेल, स्वयम्भु परिक्रमा गर्दै पाटन दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र हुदै नेपालपर्यटन बोेर्ड परिसर भृकुटीमण्डपमा पुगी प्रमाण—पत्र वितरणका साथ समापन भयो ।
राष्ट्रिय खेलकुद परिष्दका उपाध्यक्ष श्री पीताम्बर तिम्सिनाले सहभागीहरुलाई प्रमाण—पत्र प्रदान गर्नुभयो । सो साइकल र्यालीमा प्रदेश सरकारका महत्वपूर्ण व्यक्तित्वहरु, पर्यटन व्यवसायीहरु, शाहसिक खेल क्षेत्र र वातावरण क्षेत्रका व्यक्तित्वहरु लगायत ५०० जनाको सहभागिता रहको थियो ।
ट्रान्सपोर्ट र टुरिजम सम्बन्धि दुई दिने कार्यशाला सम्पन्न
सुनाखरी न्युज/ काठमाडौं – नासा फाउन्डेसन तथा Belt and Road International Transport Alliance (BRITA) को आयोजना तथा पर्वतीय खेलकुद महासंघ नेपाल, नेपाल अटोमोवाइल्स एसोसिएसन (NASA) र China Highway and Transportation Society (CHTS) को संयोजनमा मङ्सिर २७ गते शुरु गरिएको International Workshop on Transport and Tourism Integration सम्पन्न भएको छ। १३० भन्दा बढीको सहभागिता रहेको कार्यशालाको शुभारम्भ मुख्य अतिथि प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्रि माननीय बैजनाथ चौधरी र गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि माननीय राम शरण बस्नेतले शुभकामना मन्तब्य राख्दै गर्नु भयो भने बेलायतका पूर्व यातायात मन्त्रि Paul Clark, चीन स्थित XiYueFa Group का कार्यकारी अधिकृत Liu Yui ले कार्यक्रम लाई सम्बोधन गर्नु भयो।
त्यस्तै कार्यक्रमको दोस्रो दिनको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रि माननीय योगेश भट्टराईले सम्बोधन गर्दै गर्नु भयो । उहाँले नेपाल भ्रमण वर्षको तयारीका लागि सरकार लागिपरेको समेत जनाउनु भयो । मा राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा राम कुमार फुयालले पर्यटन तथा यातायातको आर्थिक दृष्टिकोण सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भयो भने, बेलायतका पूर्व यातायात मन्त्रि Paul Clark n] Importanceof Road and Transport For Sustainable Development शिर्षकमा,नेपाल पर्यटन बोर्डका ब्राण्डिङ्ग अफिसर जितेन्द« भट्टराई ले VisitNepal2020 – ChallengesandOpportunity शिर्षकमा, XiYueFa Group निर्देशक Quanxin Xu ले CreateGreenTrafficPave विषयमा प्रस्तुति दिनु भएको थियो। त्यस्तै एडभेन्चर आउटडोर एक्स्कर्सन का निर्देशक डा.कल्याण राज शर्माले नेपाल चाइना सम्बन्धमा प्रस्तुति गर्नु भएको थियो र त्यसमा दिपक सरकारले टिप्पणी गर्नु भयो भने नासा फाउन्डेसन बोर्ड सदस्य भगबती सेडाईले नेपाल भ्रमण वर्ष तथा सुरक्षित यात्रा शिर्षकमा प्रस्तुति गर्नु भएको थियो जसमा नेपाल ट्रेक्किङ्ग एसोसिएसनकि महासचिव सरिता लामा ले गर्नु भात्येको थियो।

दिगो पर्यटन सम्बन्धि अन्तर्कृया कार्यक्रम सम्पन्न
दिगो पर्यटन सम्बन्धि अन्तर्कृया कार्यक्रम जुन ४ तारिकका दिन अनलाइन एप जुम मार्फत सम्पन्न भयो । कार्यक्रममा पर्यटन, खेलकुद, संचार मध्यम आदि क्षेत्रबाट २० जना भन्दा बढीको सहभागिता रहेको थियो ।